मुद्दा जितेर पनि करारमै थन्किए महानगरका कर्मचारी, अब करार पनि अनिश्चित
पाेखरा | साउन २, २०७९
पोखरा महानगरपालिकामा नयाँ आर्थिक वर्षसँगै करारमा कार्यरत कर्मचारीहरुमा खैलाबैला मच्चिएको छ ।
देशकै ठूलो महानगरमा कर्मचारीको संख्या पनि उत्तिनै छ । यहाँ करारमामात्रै ३ सय ५० बढी कर्मचारी छन् । अघिल्लो मेयरको कार्यकाल सकिनलाग्दा समेत कर्मचारी भर्ति रोकिएको थिएन ।
प्रायः करारका कर्मचारीको करार अवधि थपिँदै गरेपनि यसपटक महानगपालिकाकाले अनुमानित १५ करोड रुपैयाँ छुट्याएर करारको समस्या समाधान गर्न लागिपरेको छ । महानगरमा करार सेवा रहेकामध्ये कतिपय १८ वर्षदेखि निरन्तर सेवामा छन् ।
जसमध्ये केहीलाई ६ महिनाभित्र स्थायी गर्ने आश्वासनमा राखिएको करारमध्येका कर्मचारी रेशम जिसी बताउँछन् । तर ६ महिना भनिएपनि उनीलगायत कर्मचारीहरु अझैपनि करारमै कार्यरत छन् ।
त्यसोे त अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार पनि कुनैपनि कर्मचारीलाई ६ महिनाभन्दा बढी अस्थायी वा करारमा राख्न पाइँदैन । प्रत्येक वर्ष करार सम्झौता नवीकरण गर्दा वाक्क भएका कर्मचारीले सर्वाेच्च अदालतमा मुद्दा हालेर फैसला समेत भइसक्यो ।
‘सर्वाेच्चको फैसलामा आन्तरीक प्रतिष्पर्धा गराई स्थायी गराउनु भन्ने आदेश दिइएको छ’ उनै जिसी भन्छन् ‘तर महानगरपालिकाबाट सुनुवाई भएन ।’ सरसफाई शाखाअन्तरगत ल्याण्डफिल्ड हेर्दै आएका जिसीले पनि महानगरमा १८ वर्ष बिताइसकेका छन् ।
सर्वाेच्चकै आदेश अटेर गरेपछि जिसीलगायतले मानहानीको मुद्धा हाले । उक्त मुद्धाको पनि सुनुवाई भइसकेको छ । तर ०६४ साल अघिदेखि कार्यरतहरु अझैपनि करारमै अल्झिरहेका छन् ।
यस विषयमा के गर्ने भन्ने विषयमा लोकसेवा आयोगसँग महानगरले परामर्श थालेको छ ।
हाल निर्वाचित मेयर धनराज आचार्यले रकमै विनियोजन गरेको थाहा पाएपछि करारमा कार्यरत कर्मचारीहरु झनै सशंकित भएका छन् । असार मसान्तदेखि करार अवधि सकिएको हो । अब नवीकरण हुने हो वा होइन भन्नेबारे महानगर प्रशासनले हालसम्म जानकारी दिएको छैन ।
हाल महानगरले विनियोजन गरेको बजेटमार्फत करारका केही कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ गर्ने सम्भावना रहेको समेत बताइएको छ । तर यससम्बन्धी स्पष्ट कानून नभएकाले यसै भन्न सकिने अवस्था नरहेको महानगर बताउँछ ।
महानगरले कर्मचारी परिपूर्तिकालागि प्रदेश लोकसेवा आयोगबाट नियुक्त गर्ने तयारी पनि गरिरहेको छ । तर पुराना कर्मचारीलाई के गर्ने भन्ने विषयमा प्रदेश सरकारसमक्ष जानकारी गराएपनि हालसम्म प्रतिक्रिया नआएको महानगरका सूचना अधिकृत भरतराज पौडेल बताउँछन् ।
यस विषयमा मेयर आचार्यले हाल गृहकार्य गरिरहेका छन् । केही दिनभित्र यससम्बन्धी निर्णय हुने पौडेलले जानकारी दिए । महानगर भने सकेसम्म आयोगबाटै छनौटमार्फत नियुक्ति गरी एकैपटक समस्या सल्टाउने तयारीमा रहेको छ ।
यस्तै दोधारे स्थितिमा करार कर्मचारीहरु भने कार्यावधि सकिएपनि सम्झौता नवीकरण हुने आशमा काम गरिरहेका छन् । ०६४ अघिदेखि कार्यरत एक कर्मचारी भन्छन् ‘१६ वर्षदेखि निरन्तर काम गरिरहेको छु, नगरपालिकामै उमेर बित्यो, नवीकरण भएन भने कता गएर, के गर्ने, सोच्न सकिरहेको छैन ।’
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

